चितवनमा ३१६ को परिक्षण गर्दा ३९ मा संक्रमण

  • खबरदाता
  • असार १३, २०७८

आज गरिएका परिक्षण मध्ये १२.३४ प्रतिशतमा संक्रमण ।

असार -१३ ,२०७८

चितवन । आज चितवनमा २९२ जनाको पिसिआर परिक्षण गर्दा २६ र २४ को एन्टिजेन परिक्षण गर्दा १३ जना गरि थप ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा २६ खैरहनिमा १, माडिमा ७,रत्ननगरमा २,राप्तीमा १ र कालिकमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १०१ जनाको आइसियुमा , जसमध्ये २३ जनाको भेन्टिलेटर र ३२ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १०१४ जना रहेका छन।

चितवनका अस्पतालमा मृत्यु भएका मध्ये रौतहटका १ र तनहुँका १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २७९ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २४ डिस्चार्ज भएका छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८