• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

डेनमार्क र इटालीको जितको फरक शैली

  • खबरदाता

डेनमार्क र इटालीको जितको फरक शैली

असार १३,२०७८

डेनमार्क र इटाली युरो कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

डेनमार्कले वेल्स माथि ४–० को फराकिलो जित हात पार्दै क्वार्टर फाइनल यात्रा तय गर्न सफल भयो । अर्को खेलमा इटालीले अस्ट्रियालाई हराउन अतिरिक्त समयको प्रतीक्षा गर्नु परेको थियो । अस्ट्रिया माथि २–१ को जित हात पारेको इटाली क्वार्टर फाइनलमा बेल्जियम र पोर्चुगल बिचको विजेतासँग खेल्ने छ ।

इटालीको जितमा वैकल्पिक खेलाडीले बेन्चबाट आएर गोल गरे । निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको ९५ औं मिनेटमा माटेओ पेसिनाले इटालीलाई पहिलो अग्रता दिलाएका थिए । यसको १० मिनेट पछि अर्का वैकल्पिक खेलाडी फ्रेडिको सेसीयाले अर्को गोल गरे । खेल सकिन ६ मिनेट बाँकी रहँदा सासा अलाड्जीकले गरेको गोल इटालीले १२ औं खेलमा खाएको १२ औं खेलमा पहिलो गोल थियो । यसका बाबजुद ४ पटकको विश्व विजेता इटाली लगातार ३१ खेलसम्मको अपराजित यात्रा तय गर्न सफल भयो ।

यस अघि भएको खेलमा डेनमार्कलाई सानदार जित दिलाउने क्रममा कास्पर डलबर्गले सानदार दुई गोल गरे । २७ औं मिनेटमा डलबर्गले डी बक्स बाहिर बाट गरेको प्रहार गोलमा परिणत भए पछि डेनमार्कले लगातार दबाब दिएको थियो । ४८ औं मिनेटमा विपक्षीको रक्षकको गल्तीको फाइदा उठाउँदै डलबर्गले दोस्रो गोल गरे त वेल्स पुरै समय निरीह झैँ देखिएको थियो ।

८८ औं मिनेटमा वैकल्पिक खेलाडी जोखी माखेलले अर्को गोल गरे भने सुरुवात देखि नै छाएका ब्राथह्वाइटले इन्जुृरी समयको चौथो मिनेटमा गोल गरे । यस अगाडी वैकल्पिक खेलाडी हेरी विल्सनले रातो कार्ड पाउनु वेल्सका लागि अझैँ दुखद रहन पुग्यो ।

पहिलो खेलमा भएको पराजय तथा टोलीका मिडफील्डर प्रमुख खेलाडी क्रिस्चियन इरिक्सन मुटुमा समस्या भएर अस्पताल लैजानु परेको थियो । अहिले इरिक्सन ठिक हुँदै आएका छन् भने डेनमार्क पनि अगाडी बढी रहेको थियो ।
आयाक्सबाट खेल्ने गरेको इरिक्सनका कारण सहानुभूति पाएर हुन सक्छ आर्मस्ड्रमको रङ्गशालाको वातावरण डेनमार्कको होम ग्राउन्ड झैँ देखिएको थियो ।

आयाक्सका पूर्व फरवार्ड डलबर्गका लागि पनि यो मैदान घरेलु मैदान जस्तै थियो । उनलाई ब्राथह्वाइट र मिकेल डाम्सगार्डले उत्तिकै साथ दिएका थिए । ब्राथह्वाइटले गरेको गोल भने भिएआरबाट मान्यता पाएको थियो । डेनमार्कले क्वार्टर फाइनलमा चेक गणतन्त्र र नेदरल्यान्ड बिचको विजेतासँग खेल्ने छ ।

  • प्रकाशित मिति : असार १३, २०७८, आइतवार ०१:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८