• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कांग्रेसमा विरासत थाम्ने कोइराला परिवारको चाहाना , कति संम्भव ?

  • खबरदाता

कांग्रेसमा विरासत थाम्ने कोइराला परिवारको चाहाना , कति संम्भव ?

४७ वर्ष कोइरालाले नेतृत्व गरेको पार्टीमा अब विकल्प र बहस पनि कोइरालाकै हुुनुुपर्ने भन्दै कांग्रेस भित्र कोइराला परिवारको अबको विकल्प कोइराला नै हुनुपर्ने माग

असार ११,   २०७८

नेपाली कांग्रेसलाई हुर्काउने मल जल गर्ने काम सबैभन्दा धेरै कोइराला परिवारले गरेको पक्का हो । पार्टीलाई २००७ साल अगाडिबाट लिड गरेको कोइरालाले परिवारले शुशिल कोइरालाबाट आएर शेर वहादुर देउवाको हातमा नेतृत्व पुग्यो ।

४७ वर्ष कोइरालाले नेतृत्व गरेको पार्टीमा अब विकल्प र बहस पनि कोइरालाकै हुुनुुपर्ने भन्दै कांग्रेस भित्र कोइराला परिवारको अबको विकल्प कोइराला नै हुनुपर्ने माग उठेको छ भने कोइरालाजन एकाअर्कोमा जुटेका छन् । त्यसका लागि विभिन्न राजनीतिक भेटघाट र कार्यकर्तालाई कोइराला सभापतिको जस्तो नयाँ पुुस्तामा हस्तान्तरणको हल्ला पनि कांग्रेस भित्र उठेको छ । कोइराला परिवारभित्रका शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला यो दौडमा छन् । १६ देखि १९ भदौसम्म महाधिवेशनको मिति पारित भएसँगै तीनै कोइरालाले सभापतिमा आ–आफ्नो दाबेदारीसहित छलफल सुरु गरिरहेका छन् ।

यस पटक आफ्नो परिवारको लिगेसी फर्काउने कसरतमा छन्, बीपीपुत्र शशांक कोइराला, नोना कोइरालापुत्र शेखर कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला । १३औँ महाधिवेशनबाट महामन्त्री बनेका शशांक त्यति खुलिसकेका छैनन् । विराटनगरमा रहेका शेखरले भने कार्यकर्ता भेटघाटलाई तीव्रता दिइरहेका छन् । यता सुजताले पनि भर्चुअल माध्यमबाट कार्यकर्तासँग संवाद गरिरहेकी छिन् ।

अधिकांश समय पार्टीको नेतृत्व हाँक्नेमा विश्वेश्वरप्रसाद कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला थिए । कांग्रेसको सभापतिका रूपमा सबैभन्दा बढी बीपी कोइरालाले २९ वर्ष नेतृत्व गरे । मातृका कोइरालाले १ वर्ष, गिरिजाप्रसाद कोइराला १२ वर्ष र सुशील कोइरालाले ५ वर्ष सभापतिको जिम्मेवारी सम्हालेका इतिहास छ।

उनीहरू दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने सवालमा भने एकमत छन् । सँगै, कोइराला परिवारबाट कसलाई नेतृत्वमा उठाउने भन्ने विषयमा समझदारी बनाउन आन्तरिक छलफलमै छन् । ’कोइराला परिवारबाट यस पटक सभापतिमा दाबेदारी प्रस्तुत हुन्छ । हामीबीच सरसल्लाह भइरहेको छ,’ नेतृ सुजाता कोइरालाले भनिन् । १३औँ महाधिवेशनमा महामन्त्रीमा शशांकलाई सघाएकाले यस पटक उनले आफूलाई सहयोग गर्नुपर्ने दाबी शेखर कोइरालाको छ । कार्यकर्ताले पनि नेतृत्वको दाबेदारी नछोड्न सुझाव दिएको उनी बताउँछन् ।

कार्यकर्तामाझ शशांकको तुलनामा शेखर लोकप्रिय नै मानिन्छन् । अघिल्लो महाधिवेशनमा लोकप्रिय मत प्राप्त गर्ने केन्द्रीय सदस्यको सूचीमा उनको नाम अग्रस्थानमा थियो ।यता सुजाता कोइराला कांग्रेसले यस पटक सभापतिमा महिलालाई अघि सार्नुपर्नेमा जोड दिन माग गरिरहेकी छन् । कोइराला खानदानकै बीच कुरा उठेपनि उता गणेशमान सिंह पुुत्र प्रकाश मान सिंह पनि आफ्ना योजनामा लागि रहेका छन् । निधि देउवा, पौडेलको नेतृत्वको पनि आवश्यक रहेको बताएका छन् ।

  • प्रकाशित मिति : असार ११, २०७८, शुक्रवार १५:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८