२४७६ संक्रमीत हुँदा ५४५५ जना निको भए

  • खबरदाता
  • असार ११, २०७८

आज १७.२५ प्रतिशतमा संक्रमण।

असार ११ ,२०७८

चितवन । आज एकै दिनमा ५४५५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ७६ हजार ४१३ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ६१ हजार ८४१ पुगेको छ ।

देश भर ९५८६ को पिसिआर परिक्षण गर्दा १७२१ र ४७६५ जनाको एन्टिजेन परिक्षण गर्दा ७५५ जना गरि कुल २४७६ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ८६ जना रहेका छन् ।

आज चितवनका २ सहित थप २७ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८९४५ पुगेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८