• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

क्यान्सर अस्पताल भरतपुरलाई प्रतिष्ठान बनाउन चितवन काङ्ग्रेसको माग

  • खबरदाता

क्यान्सर अस्पताल भरतपुरलाई प्रतिष्ठान बनाउन चितवन काङ्ग्रेसको माग

असार ११,२०७८

भरतपुरमा रहेको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई केन्द्रिय प्रतिष्ठान बनाउन चितवन काङ्ग्रेसले माग गरेको छ ।

नेपाली काङ्ग्रेस चितवनका अध्यक्ष जितनारायण श्रेष्ठले शुक्रबार जारी गरेको प्रेस बिज्ञप्तिमा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर रोग अध्ययन प्रतिष्ठान बनाउन माग गरेको हो ।

हालै मात्र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गरेको निर्णय अनुसार भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णय तुरुन्त फिर्ता गर्न माग गरिएको छ ।

पर्याप्त आफ्नै पुर्बाधार भएको देशकै ठुलो र जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपि कोइरालाको स्मृतिमा संचालन हुँदै आएको भरतपुरको क्यान्सर अस्पताललाई सरकारले राजनीतिक पुर्वाग्रह राखेको काङ्ग्रेसको आरोप छ ।
सरकारले गरेको यो निर्णय प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको काङ्ग्रेसले जनाएको छ ।

साथै सरकारले गरेको उक्त निर्णय तुरुन्त फिर्ता गरि भरतपुर क्यान्सर अस्पताल मातहतमा क्यान्सर रोग अध्ययन प्रतिष्ठान बनाइ संचालन गर्न जोडदार माग गरेको छ ।

अन्यथा सो निर्णय नसच्याए त्यसबाट सिर्जना हुने परिस्थितिको को जिम्मेवार सरकारनै हुने काङ्ग्रेसको चेतावनी छ ।

  • प्रकाशित मिति : असार ११, २०७८, शुक्रवार १२:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८