चितवनमा ५०५ को परिक्षण गर्दा ८६ मा संक्रमण

  • खबरदाता
  • असार ११, २०७८

आज गरिएका परिक्षण मध्ये १७.०२ प्रतिशतमा संक्रमण ।

असार -११ ,२०७८

चितवन । आज चितवनमा ४१९ जनाको पिसिआर परिक्षण गर्दा ६२ र ९५ को एन्टिजेन परिक्षण गर्दा २४ जना गरि थप ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ५४ खैरहनिमा ५, माडिमा ५,रत्ननगरमा ९,राप्तीमा ५, कालिकमा १० र इच्छाकामनामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ९९ जनाको आइसियुमा , जसमध्ये २१ जनाको भेन्टिलेटर र ३३ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १०२३ जना रहेका छन।

चितवनका अस्पतालमा मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा २ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २७६ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप ३० डिस्चार्ज भएका छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८