• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चिप्लिएर ईनारमा खस्दा एक घाइते

  • खबरदाता

चिप्लिएर ईनारमा खस्दा एक घाइते

असार- १०,२०७८

चितवनको भरतपुरमा इनारमा खस्दा एक पुरुष घाइते भएका छन।
बिहिवार बिहान करिब साढे १० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ४ कटरचोकका लाल बहादुर श्रेष्ठ इनारमा खसेर घाइते भएको चितवन प्रहरी प्रबक्ता सुर्य थापाले जानकारी दिए।

बर्ष ६२ का श्रेष्ठ घर नजिकैको बारीमा केरा काट्न लाग्दा चिप्लिएर नजिकैको ईनारमा खसेका थिए।उनलाई तत्काल प्रहरी र स्थानियले उद्वार गरेका हुन।

घाईते अहिले नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठ खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : असार १०, २०७८, बिहीवार १०:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८