चितवनमा थप ९६ जनामा कोरोना पुष्टि

  • खबरदाता
  • असार १०, २०७८

 

आज गरिएका परिक्षण मध्ये २०.२१ प्रतिशतमा संक्रमण ।

असार -१० ,२०७८

चितवन । आज चितवनमा ४३१ जनाको पिसिआर परिक्षण गर्दा ८४ र ४४ को एन्टिजेन परिक्षण गर्दा १२ जना गरि थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ६६ खैरहनिमा ४, माडिमा ५,रत्ननगरमा १६, कालिकमा २ र इच्छाकामनामा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ९२ जनाको आइसियुमा , जसमध्ये २२ जनाको भेन्टिलेटर र ३५ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १०४६ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवन जिल्लाका २ र मकवानपुरका १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २७४ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २२ डिस्चार्ज भएका छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८