• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

कोलम्बियाविरुद्ध ब्राजिलको कम ब्याक

  • खबरदाता

कोलम्बियाविरुद्ध ब्राजिलको कम ब्याक

असार १०,२०७८

कोपा अमेरिका कप फुटबल प्रतियोगितामा ब्राजिलले विजयी अभियानलाई निरन्तरता दिएको छ ।

बिहीबार बिहान भएको खेलमा एक गोलले पछि परेको ब्राजिल कम ब्याक गर्दै २–१ को जिता हात पार्न सफल भएको हो । यसै दिन भएको समूह एको खेलमा पेरु र इक्वेडर बिचको खेलमा २–२ गोलको बराबरी भयो ।
यो बराबरी पछि पेरु एक खेल बाँकी रहँदै क्वार्टर फाइनल प्रवेश गर्न सफल भयो भने इक्वेडर माथि भने दबाब परेको छ ।

आर्टन प्रेसिएड र रेनाटो टापीयाको गोलमा इक्वेडर मध्यान्तरसम्म दुई गोलले अघि बढेको थियो । पेरुका लागि जीयानलुका लापाडुला तथा आन्द्रेइ कारिलोले गोल गरे ।
अर्को खेलमा १० औं मिनेटमा ब्राजिल लुइज डियाजको गोलले पछि परेको थियो । ७८ औं मिनेटमा रोबर्टो फीरमिनोले ब्राजिलका लागि बराबरी गोल गरे । ब्राजिलका कासीमेरोले इन्जुरी समयमा गोल गरे ।

ब्राजिलको पहिलो गोल भने विवादमुक्त थिएन । ब्राजिलले गोल गर्नु केही सेकेन्ड अघि बल रेफ्रिमा लागेर फर्केको थियो । यही कारण कोलम्बियाका खेलाडीले लामो समय अवरोध सृजना गरेका थिए ।

  • प्रकाशित मिति : असार १०, २०७८, बिहीवार ०६:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८