• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

दबाबमा देउवाः सजिलो छैन नेतृत्वमा दोहोरिन


दबाबमा देउवाः सजिलो छैन नेतृत्वमा दोहोरिन

असार १०,२०७८

पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो । कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरुले सहयोग गरिदिनुपर्छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुसँग पार्टी नेतृत्वमा दोहोरिने इच्छासहित यसरी नै सहयोग माग्दै आएका छन् ।

पार्टी उपसभापतिको जिम्मेवारी रहेका विमलेन्द्र निधिले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि सभापति देउवा झन्डै ४० वर्ष लामो सम्बन्ध तोड्दै अघि बढ्ने रणनीतिमा देखिएका छन् ।

निधिलाई मात्र होइन, पुरानो टिमलाई एकजुट बनाएर अघि बढाउन निकटहरुको निरन्तरको आग्रहपछि देउवामाथि दबाब परेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • प्रकाशित मिति : असार १०, २०७८, बिहीवार ०१:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८