• वैशाख ५, २०८१, बुधवार Wednesday, 17 April, 2024

दोस्रो चरणमा पोर्चुगल र बेल्जियम तथा इंग्ल्यान्ड र जर्मनी भिड्ने

  • खबरदाता

दोस्रो चरणमा पोर्चुगल र बेल्जियम तथा इंग्ल्यान्ड र जर्मनी भिड्ने

असार १०,२०७८

युरो कप फुटबल प्रतियोगिताका हेभिवेटहको समूहबाट फ्रान्स,जर्मनी र पोर्चुगल नै दोस्रो चरणमा प्रवेश गरेका छन्।

बुधवार भएको खेलमा फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरी बिच २–२ गोलको बराबरी भयो । यो बराबरी पछि फ्रान्स ७ अङ्क सहित समूहको शीर्ष स्थानमा रहन सफल भयो भने जर्मनी र पोर्चुगलको समान ४ अङ्क भएको हो।

समूह एफमा दुवै खेल बराबरीमा सकिएको रातमा समूह इ पनि त्यत्तिकै नाटकीय रहेको थियो । पेनाल्टी समेत खेर फालेको स्पेनले विपक्षी गोलरक्षकको आत्मघाती गोलबाट अग्रता लिँदै ५–० को जित हात पार्न सफल भयो । यसै गरी स्विडेनले ९३ औं मिनेटमा गोल गर्दै ३–२ को जित हात पारेको हो । सो समूहबाट स्विडेन ७ अङ्क सहित पहिलो भयो भने ५ अङ्क सहित स्पेन दोस्रो भयो।

दोस्रो चरणमा शनिवार वेल्स र डेनमार्क तथा इटाली र अस्ट्रियाको बिचमा खेल हुने छ । आइतबार नेदरल्यान्ड र चेक गणतन्त्र तथा बेल्जियम र पोर्चुगलका बिच खेल हुने छ । सोमबार क्रोएसिया र स्पेन तथा फ्रान्स र स्वीजरल्यान्ड खेल्ने छन् । मङ्गलवार इंग्ल्यान्ड र जर्मनी तथा स्विडेन र युक्रेनका बिच खेल हुने छ ।

रोनाल्डोले इरानका अलीदाइसंगै १०९ अन्तर्राष्ट्रिय गोलको बराबरीमा कीर्तिमान पनि कायम गरेका छन् । अलि दाइले यो कीर्तिमान सन् १९९३ देखि २००६ को बिचमा राखेका थिए । फ्रान्सका लागि पनि दुवै गोल करिम बेन्जामाले गरे ।
ह्युगो लोरिसले डानीलोलाई फल गरे पछि प्राप्त पेनाल्टीमा रोनाल्डोले ३० औं मिनेटमा गोल गरे । पहिलो हाफको इन्जुरी समयमा नेल्सन स्मेडोले केभिन एम्बापेलाई फल गरे पछि प्राप्त पेनाल्टीमा बेन्जामाले गोल गरे । दोस्रो हाफ सुरु हुने बित्तिकै बेन्जामाले गोल गरे । ६० औं मिनेटमा रोनाल्डोले फेरी पेनाल्टीमै गोल गरे । यो गोल सहित उनी तीन गोलमा पाँच गोल गरेर गोल्डेन बुटको दौडमा सबै भन्दा अगाडी पनि रहेका छन् ।

अर्को खेलमा एडम सलाजीको सानदार हेड गोलमा हंगेरीले ११ औं मिनेटमा अग्रता लिएको थियो । काई हभरटेजले ६६ औं मिनेटमा बराबरी गोल गरेको दुई मिनेट बित्न नपाउँदै आन्द्रे स्कारफरले हंगेरीलाई दोस्रो पटक अग्रता दिलाउन सफल भएका थिए । वैकल्पिक खेलाडी लीयोन गोरेट्जकाले ८४ औं मिनेटमा गोल गरे पछि जर्मनी बराबरी गर्न सफल भएको हो ।

यस अघि भएको खेलमा स्विडेनलाई जित दिलाउने क्रममा वैकल्पिक खेलाडी भिक्टर क्लासेनले बराबरी गोल गर्दै स्विडेनलाई जित दिलाए । सेन्ट पिटर वर्गमा भएको खेलमा खेल सकिन ३० मिनेट बाँकी रहँदा एडील फोर्सबर्गले गरेको दुई गोलमा स्विडेन २–० ले अघि थियो । पोल्यान्डले उत्कृष्ट कम ब्याक गर्दै दुई गोल गर्न सफल भयो । रोबर्ट लेडवास्कीले दुवै गोल गरे ।

 

खेल सुरु भएको ८२ सेकेन्डमै फोर्सबगले साँघुरो कोणबाट गोल गरेका थिए । उनले नै ५९ औं मिनेटमा अर्को गोल गरे । त्यसको अङ्क मिनेट पछि लेडवास्कीले पनि त्यत्तिकै आकर्षक गोल गरे भने ८४ ओ मिनेटमा लेडवास्कीले बराबरी गोल गरे पनि ९३ औं मिनेटमा क्लासेनको गोलले पोल्यान्ड प्रतियोगिताबाट बाहिरियो । एक गोलले पछि परेको समयमा पोल्यान्डका लेडवास्कीले नजिकैबाट गरेको हेड बारमा लागेर फर्केको थियो ।

अर्को खेल भने त्यत्तिकै नाटकीय रहेको थियो । सुरुवात देखि नै आक्रमण गरेको स्पेनले पहिलो अग्रताका लागि ३० मिनेट कुर्नु परेको थियो । खेल सुरु भएका १० मिनेट पनि बित्न नपाउँदै मनीटरको साहरको रेफ्रिले स्पेनलाई पेनाल्टीको अवसर दिएका थिए । मोराटोको सो प्रहार विपक्षी गोल रक्षकले बचाए पनि पछिल्ला नौ युरो कपको खेलमा ६ मा गोल गर्न असफल स्पेनको कथा यस खेलमा पनि दोहरिने हो की भन्ने आशङ्का देखिएको थियो ।
लगातार आक्रमण गरेको स्पेनका खेलाडीले क्रस गरेको बल बाहिर फ्याँक्न खोज्दा स्विडेनका तीनै गोल रक्षक डुब्राभ्लाकाले आफ्नै पोस्टमा बल छिराए । लापोर्टेले पहिलो हाफको इन्जुरी समयमा हेड गोल गर्दै स्पेनलाई दुई गोलको अग्रता दिलाउन सफल भए ।

५६ औं मिनेटमा पाब्लो सराबीया तथा ६७ औ मिनेटमा फरान टोरेसले नजिकैको दुरीबाट गोल गरे । स्लोभाकीयाका कुकाले ६७ औं मिनेटमा आत्मघाती गोल गरे ।

  • प्रकाशित मिति : असार १०, २०७८, बिहीवार ०१:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८