चितवनमा ६३ नयाँ संक्रमीत थपिए

  • खबरदाता
  • असार ०९, २०७८

असार ९,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये ६३ नयाँ थपिएका हुन भने ११ जना पुरानै संक्रमितहरु हुन।

प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३१ पुरुष २० महिला गरि ४१ जना रहेका छन ।

यस्तै रत्ननगरका ८ पुरुष र ४ महिला , खैरहनिका २ पुरुष ,कालिकाका १ पुरुष र इच्छाकामना १ समेत गरि चितवनका मात्रै ५७ जना रहेका छन भने ६ जना अन्य जिल्लाका रहेका हुन।

संक्रमितहरु ३ देखि ८२ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका १७८ नमूनाको बुधबार गरिएको परिक्षणमा ७४ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो।

  • खबरदाता
  • प्रकाशित मिति:असार ०९, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८