चितवनमा ६४४ परिक्षण गर्दा १०४ मा संक्रमण

  • खबरदाता
  • असार ०९, २०७८

 

आज गरिएका परिक्षण मध्ये १६.१४ प्रतिशतमा संक्रमण ।

असार -९ ,२०७८

चितवन । आज चितवनमा ५६६ जनाको पिसिआर परिक्षण गर्दा ८० र ७८ को एन्टिजेन परिक्षण गर्दा २४ जना गरि थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ६० खैरहनिमा ९, माडिमा ३,रत्ननगरमा १५, राप्तीमा १९ , कालिकमा ५ र इच्छाकामनामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ८६ जनाको आइसियुमा , जसमध्ये २८ जनाको भेन्टिलेटर र ४२ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२०० जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवन जिल्लाका २ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २७२ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप १८ डिस्चार्ज भएका छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८