• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

इंग्ल्यान्ड समूहमा पहिलो

  • खबरदाता

इंग्ल्यान्ड समूहमा पहिलो

असार ९,२०७८

चेक गणतन्त्रलाई १–० ले पराजित गर्दै इंग्ल्यान्डले युरो कप फुटबल प्रतियोगितामा समूह डीमा पहिला स्थान हात पारेको छ ।

इंग्ल्यान्डलाई जित दिलाउने क्रममा स्टरलीङले १२ औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा स्कटल्यान्डलाई ३–१ ले हराउँदै विश्वकप उपविजेता क्रोएसिया पनि दोस्रो चरणमा प्रवेश गरेको छ । चेक गणतन्त्र पनि समूहमा तेस्रो भए पनि दोस्रो चरणमा प्रवेश गरेको चेक गणतन्त्र राम्रो गोल अन्तरको आधारमा समूहमा तेस्रो भएको मध्ये सबैभन्दा राम्रो अवस्थामा छ ।

ग्लास्गोमा भएको खेलको १७ औं मिनेटमा भ्लासीकको गोलमा क्रोएसियाले अग्रता लिएको थियो । ४२ औं मिनेटमा कालुयम म्यागुयको गोलका स्कटल्यान्ड खेलमा फर्किएको थियो । लुका मोड्रिकले ६२ औं र पेरीसीकले ७७ ओ मिनेटमा गोल गरे ।

बुधवार राती समूह चरणका अन्तिम चार खेल हुने छन् । जममध्ये ९ः४५ मा स्लोभाकीया र स्पेन तथा स्विडेन र पोल्यान्डका बिचमा खेल हुने छ । १२ः४५मा पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीका बिचमा खेल हुने छ ।

  • प्रकाशित मिति : असार ९, २०७८, बुधवार ००:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८