• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा संक्रमण दर १५ प्रतिशत

  • खबरदाता

चितवनमा संक्रमण दर १५ प्रतिशत

आज गरिएका परिक्षण मध्ये १५.२९ प्रतिशतमा संक्रमण ।

असार -८ ,२०७८

चितवन । आज चितवनमा ५४३ जनाको पिसिआर परिक्षण गर्दा ७० र ३९ को एन्टिजेन परिक्षण गर्दा १९ जना गरि थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ५६ खैरहनिमा ५, माडिमा ७,रत्ननगरमा १२, राप्तीमा ४ र कालिकमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ८१ जनाको आइसियुमा , जसमध्ये २० जनाको भेन्टिलेटर र ४० जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२७७ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवन जिल्लाका १ , नवलपुरका २ र गोरखाका १ जना रहेका छन।

आज चितवन मेडिकल कलेजमा ४ जनाको मृत्यु भएको हो।

यो सगै चितवनमा कुल मृतकको संख्या २७० पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २४ डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : असार ८, २०७८, मंगलवार ०९:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८