• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चिली क्वार्टर फाइनलमा प्रवेश

  • खबरदाता

चिली क्वार्टर फाइनलमा प्रवेश

असार ७,२०७८

चिली कोपा अमेरिका कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

समूह एको खेलमा उरुग्वेसँग बराबरी गर्दै चिली क्वार्टर फाइनल प्रवेश गरेको हो । चिली २६ औं मिनेटमा भेट्रान स्ट्राइकर रिकार्डो भर्गासको गोलमा अग्रता लिन सफल भएको थियो । उरुग्वे ६६ औं मिनेटमा आत्मघाती गोलका कारण चिली बराबरीमा रोकियो ।

भर्गासको कोपा अमेरिका कप फुटबल प्रतियोगितामा यो १४ औं गोल हो । उनी भन्दा बढी ब्राजिलका जिजिन्हो र अर्जेन्टिनाका नोबर्टो मेन्डेजले १७ गोल गरेका छन् । चिली तीन खेलमा ५ अङ्क सहित नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भएको हो । उरुग्वेको दुई खेलमा एक अङ्क छ ।

सोमबार राती भएको अर्को खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हरायो । अर्जेन्टिनालाई जित दिलाउने क्रममा १० औ मिनेटमा अलेजान्द्रो डारियो गोमेले गोल गरे । अर्जेन्टिना सात अङ्क सहित समूहको शीर्ष स्थानमा छ । पाराग्वेको तीन अङ्क छ

  • प्रकाशित मिति : असार ८, २०७८, मंगलवार ०५:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८