अन्तिम खेलमा जित हात पार्दै डेनमार्क दोस्रो चरणमा

  • खबरदाता
  • असार ०८, २०७८

असार ७,२०७८

युरो कप फुटबल सोमबार राती भएको खेलमा रुसलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै डेनमार्कले वेल्ससँगको दोस्रो चरणको भिडन्त पक्का गरेको हो।

नाटकीय रहेको समूह बिमा सुरुवाती दुई खेलमा हार सहेर डेनमार्क पुछारमा रहे पनि अन्तिम खेलमा जित सहित समूहमा दोस्रो भयो । डेनमार्कको फराकिलो जित पछि रुस अङ्क तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । बेल्जियमसँग २–० ले पराजित फिनल्यान्ड भने समूहमा तेस्रो भएको बेल्जियमले अन्य समूहको नतिजा पर्खने छ । फिनल्यान्डको सम्भावना भने अत्यन्त न्यून देखिएको छ ।

समूह ए , बी र सिका सबै खेल सकिँदा समूह एमा तेस्रो भएको स्वीजरल्यान्ड चार अङ्क सहित दोस्रो चरणमा प्रवेश गरेको छ । समूह सीमा तेस्रो हुने युक्रेन र फिनल्यान्डको बराबर अङ्क भए पनि युक्रेन गोल अन्तरको आधारमा माथि रहेको छ ।

डेनमार्कका लागि ३८ औ मिनेटमा ढम्सगर्डले गोल गरेका थिए । रोमन जोननले कमजोर ब्याक पास दिए पछि यसको फाइदा उठाउँदै युसुफ पोल्सनेले ५९ औ मिनेटमा गोल गरे । अर्टेन जयुवाले ७० औ मिनेटमा पेनाल्टीमा गोल गरे । क्रिस्टेनसनले ७९ औ मिनेटमा तथा मेहेलेले ८२ औ मिनेटमा गोल गर्दै डेनमार्कलाई फराकिलो जित दिलाए ।

यसै समूहको अर्को खेलमा उपाधि दाबेदार बेल्जियमले फिनल्यान्डलाई २–० हरायो । ७४ ओ मिनेटमा लुकास रेडेकीले आत्मघाती गोल नगरेसम्म फिनल्यान्डले शीर्ष बरीयताको बेल्जियमलाई बराबरीमै रोकेको थियो । ८१ औ मिनेटमा रोमेलु लुकाकुले बेल्जियमका लागि थप गोल गरे । बेल्जियमले २७ जुनमा समूहमा तेस्रो भएर आउने कुनै टोलीका सामना गर्ने छ । समूहमा बिमा बेल्जियम आफूले खेलेको तीन वटै खेलमा जित हात पार्न सफल भएको हो ।

यस अघि भएको समूह सिको खेलमा नेदरल्यान्ड र अस्ट्रिया जित पार्दै दोस्रो चरणमा प्रवेश गरे । समूहका सबै खेलमा जित हात पारेको नेदरल्यान्डले जोहन क्रुफ रङ्गशालामा उपस्थित १२ हजार दर्शकको सामु खेलिएको तेस्रो खेलमा पनि उत्तिकै सानदार जित हता पार्न सफल भयो ।

डेपेको गोलमा २४ औ मिनेटमा जित हता पारेको नेदरल्यान्डका लागि विजान डुमले ५१ ओ र ५८ औ मिनेटमा गोल गरे । समूहका अर्को खलमा अस्ट्रियाले युक्रनेलाई १–० ले हराएको हो । अलावाको पासमा बाउम गार्टनरले २१ औ मिनेटमा गोल गरे । यसै गोल सहित अस्ट्रिया ६ अङ्क लिएर समूहमा दोस्रो भयो भने तीन अङ्क भएको युक्रेन समूहमा तेस्रो हुँदै अन्य समूहको नतिजा पर्खिन बाध्य भयो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८