नयाँ संक्रमीत २२९७, निको भए ३१३० जना

  • खबरदाता
  • असार ०७, २०७८

आज २१.०६ प्रतिशतमा संक्रमण।

असार ७ ,२०७८

चितवन । आज एकै दिनमा ३१३० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ५९ हजार ९२८ रहेको छ । यो ८९ .९ प्रतिशत हो।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २२९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ४९ हजार ९४८ पुगेको छ ।

देश भर ६५८३ को पिसिआर परिक्षण गर्दा १५८४ र ४३२१ जनाको एन्टिजेन परिक्षण गर्दा ७१३ जना गरि कुल २२९७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १२८ जना रहेका छन् ।

आज चितवनका ४ सहित थप ४६ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८७७२ पुगेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८