• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा १२८ जनामा संक्रमण ७ को मृत्यु

  • खबरदाता

चितवनमा १२८ जनामा संक्रमण  ७ को मृत्यु

 

आज गरिएका परिक्षण मध्ये १८.६३ प्रतिशतमा संक्रमण ।

असार -७ ,२०७८

चितवन । सोमबार चितवनमा ६०३ जनाको पिसिआर परिक्षण गर्दा ९९ र ८४ को एन्टिजेन परिक्षण गर्दा २९ जना गरि थप १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ७ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ८६ खैरहनिमा ६, माडिमा १०,रत्ननगरमा १६, राप्तीमा ४, कालिकामा ५ र इच्छाकामनामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ८७ जनाको आइसियुमा , जसमध्ये २७ जनाको भेन्टिलेटर र ३३ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२५३ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवन जिल्लाका ४ , नवलपरासीका १,मकवानपुर १ र लमजुङका १ जना रहेका छन।

आज भरतपुर अस्पतालमा २ ,चितवन मेडिकल कलेजमा २ पुरानो मेडिकल कलेजमा २ र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको हो।

यो सगै चितवनमा कुल मृतकको संख्या २६९ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २२ डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : असार ७, २०७८, सोमवार १०:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८