इटाली र वेल्स समूहको दोस्रो चरणमा

  • खबरदाता
  • असार ०७, २०७८

असार ७,२०७८

इटाली र वेल्स युरोकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

समूह एको आइतबार राती भएको खेलमा इटालीसँग वेल्स १–० ले पराजित भएका हो । जित सहित इटाली समूहमा सत प्रतिशत जित सहित दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । इटालीका मोटेन मेसिनाले ३९ औ मिनेटमा आकर्षक गोल गरेका थिए ।

सो खेलको अन्तिम ३० मिनेट वेल्स १० खेलाडीमा सीमित भएको थियो । एथान एमपाडुले फेड्रिको बर्नाडेस्कीलाई फल प्रहार गरे पछि रातो कार्ड पाएका थिए । इटालीको अपराजित यात्रा ३० खेलमा लम्बिएको छ । यो लगातार ११ औं जित पनि हो ।

अर्को खेलमा स्वजीलरल्यान्डले टर्कीलाई ३–१ ले हराए पछि वेल्स पनि राम्रा गोल अन्तरको आधारमा समूहमा दोस्रो हुँदै अर्को चरणमा प्रवेश गर्न सफल भयो । इटालीले दोस्रो चरणमा समूह सिको उपविजेतासंग खेल्ने छ । यसै गरी, वेल्सले समूह बिको उपविजेतासंग खेल्ने छ ।

स्वीजरल्यान्ड भने जितका बाबजुद अन्य समूहको नतिजा पर्खिएर बस्ने भएको छ । ६ मध्येका चार समूहका तेस्रो हुने टोली पनि अन्तिम १६ मा प्रवेश गर्ने छन् ।

तेस्रो खेलमा आइपुगे पछि वास्तविक लयमा देखिएको स्वीजरल्यान्डका सेफेरोभिकले छैटौँ मिनेटमा अग्रता दिलाएका थिए । यसै गरी,जेहार्डीन साकारीले थप दुई गोल गरे । सबै गोल स्टेफन जुबेरको पासमा भएका थिए । साकारीले २६ औं मिनेटमा डिबक्सको एजबाट उत्कृष्ट गोल गरेका थिए ।
टर्कीका कान काभेसीले ६२ औं मिनेटमा गोल गर्दै अन्तर घटाए पनि ६८ औं मिनेटमा साकारीले अर्को गोल गरे ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८