• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

चितवनमा ३ जनामा संक्रमण ३ को मृत्यु

  • खबरदाता

चितवनमा ३ जनामा संक्रमण ३ को मृत्यु

चितवनमा परिक्षण दर घट्यो ,आज १४३ जनाको मात्र परिक्षण। यो संक्रमण दर २ प्रतिशत हो।

असार -६ ,२०७८

चितवन । आज चितवनमा १३९ जनाको पिसिआर परिक्षण गर्दा १ र ४ को एन्टिजेन परिक्षण गर्दा २ जना गरि थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १ र माडिमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ९३ जनाको आइसियुमा , जसमा ३० जनाको भेन्टिलेटर र ३९ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२२० जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवन जिल्लाका ३ र नवलपरासीका १ जना रहेका छन।

आज भरतपुर अस्पतालमा २ र चितवन मेडिकल कलेजमा २ जनाको मृत्यु भएको हो।

यो सगै चितवनमा कुल मृतकको संख्या २६५ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप १६ डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : असार ६, २०७८, आइतवार १०:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८