असार ६,२०७८
युरो कप फुटबलमा स्पेन र साबिक विजेता पोर्चुगल दुवै अप्ठेरो अवस्थामा पुगेका छन् । समूह इको शनिवार राती भएको खेलमा लुई इनरिक्व प्रशिक्षित स्पेन पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो । यस अघि स्वीडेनसंगको खेलमा पनि स्पेन गोल रहित बराबरीमा रोकिएको थियो।
तीन पटकको विजेता स्पेनले बुधवार स्लोभाकीयासंग हुने खेलमा जित्नै पर्ने दबाबको सामना गर्ने छ । पोल्यान्डलाई एक अङ्क दिलाउने क्रममा रोबर्ट लेडवास्कीले गोल गरे । २५ औं मिनेटमा अल्भारो मोराटाले नजिकैको दुरीबाट गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । सुरुमा अफसाइड दिइए पनि पछि भिडियोको सहारामा यस गोललाई मान्यता दिइएको हो ।

५४ औं मिनेटमा लेडवास्कीले गोल गरे । स्पेनले थप गोलको मौका नपाएको होइन । गेरार्ड मोरेनालाई फल प्रहार गरे पछि उनैले पेनाल्टी साइड बारमा हानेका थिए । रिबाउन्डमा मोराटाले मौका पाए पनि बाहिर हानेका थिए ।
यस अघि भएको खेलमा एक गोलले पछि जर्मनी खेलमा फर्कँदै पोर्चुगललाई ४–२ ले हराउन सफल भयो । पोर्चुगलको हारमा दुई आत्मघाती गोल समावेश थियो । डिपमा रहेर रक्षात्मक खेल खेलेको पोर्चुगलले १५ औं मिनेटमा प्रत्याक्रमणमा गोल गरेका थियो । क्रिस्टीयानो रोनाल्डोले गोल गरे पछि युरो कपमा कुल गोल सङ्ख्या १२ पुगेको हो ।
रुबेव डायले ३५ औ तथा राफेल गुरेरोले ३९ औ मिनेटमा आत्मघाती गोल गरे पछि जर्मनीले पहिलो हाफमा अग्रता लिएको हो । रोबीन गोसेन्सको पासमा काई हाभेटेजले ५१ औ मिनेटमा गोल गरे ६० औं मिनेटमा गोसेन्स आफैले गोल गरे ।

६७ औ मिनेटमा जोटाले पोर्चुगलका लागि गोल गरे ।
समूह एफमा फ्रान्स ४ अङ्क सहित पहिलो स्थानमा छ भने तीन अङ्क भएको जर्मनी र पोर्चुगल दोस्रो र तेस्रो स्थानमा छन् । एक अङ्क भएको हंगेरी चौथो स्थानमा छ ।
समूहको अन्तिम खेलमा पोर्चुगलले फ्रान्स तथा जर्मनीले हंगेरीसंग खेल्ने छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८