चितवनमा परिक्षण मध्ये १७ प्रतिशतमा संक्रमण

  • खबरदाता
  • असार ०५, २०७८

संक्रमण दर अझै १६.८७ प्रतिशत ।

असार ५ ,२०७८

चितवन । आज चितवनमा ३०४ जनाको पिसिआर परिक्षण गर्दा ५१ र १६ को एन्टिजेन परिक्षण गर्दा ३ जना गरि थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ४० जना संक्रमीत थपिए भने खैरहनिमा ४, माडिमा २ ,रत्ननगरमा २ , राप्तीमा ३ र ,कालिकामा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ९३ जनाको आइसियुमा , जसमा २६ जनाको भेन्टिलेटर र ३६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १३०८ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवन जिल्लाका १ र नवलपरासीका १ जना रहेका छन।

आज चितवन मेडिकल कलेजमा १ र पुरानो मेडिकल कलेजमा १ गरि २ जनाको मृत्यु भएको हो।

यो सगै चितवनमा कुल मृतकको संख्या २६२ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २४ डिस्चार्ज भएका छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८