• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

अबैध उत्खनन गर्ने २१ सवारी साधान नियन्त्रणमा,एक लाख सम्म जरिवाना गरिने

  • खबरदाता

अबैध उत्खनन गर्ने २१ सवारी साधान नियन्त्रणमा,एक लाख सम्म जरिवाना गरिने

रु .१० हजार देखि १ लाख सम्म जरिवाना गरिने।

असार ५,२०७८

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने २१ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रत्ननगर वडा नम्बर १४,१६ र कालिका ८ स्थिति कयरखोलामा बिना अनुमति नदिजन्य पदार्थ उत्खनन गरिहेको अबस्थामा इलाका प्रहरी कार्यालय टाँडिले ती सवारी साधन नियन्त्रणमा लिएको हो।

अबैध रुपमा नदिजन्य सामाग्री उत्खननमा प्रयोग भएका ना. ७ प ४७३७ , ना. ६ त ३३८ ,लु. ३ त ७८४१ ,ना. ५ त ९०२९ ,ना .४ त ४०५८ ,ना. ६ त २५१३ ,ना. ५ त ७६१५ ,ना. ५ त ३४७ ,लु .४ त २७६ ,लु. ४ त ५८०० ,ना. ६ ख ५१८६ , ना. ५ त ५१८ ,ना. ३ त ५१०५ ,ना. ६ त ९३१५ , ना. ६ त ४४८३ ट्याक्टर र यी बाहेक ३ वटा अनटेष्ट ट्याक्टरहरु समेत रहेको चितवन प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले ना. ८ ख ८५८७ ,ना. ८ ख ३२४२ का दुईवटा ट्रिफरहरु र प्रदेश २- ००१  क ३०५ नम्बरको एउटा जेसिबी समेत रहेको इलाका प्रहरी कार्यालका प्रमुख डिएसपि इन्द्र बहादुर रानाले बताए।

सबै सवारी साधनलाई आबश्यक कारबाहीको लागि जिल्ला समन्वय समितीमा पठाइएको छ ।

अबैध प्रयोग भएका प्रति ट्याक्टर १० हजार , प्रति टिपर ३० हजार र जेसिबिलाई १ लाख जरिवाना गरिने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए ।

  • प्रकाशित मिति : असार ५, २०७८, शनिवार ०९:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८