• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

  • खबरदाता

चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

असार ४,२०७८

समाचार संकलनका क्रममा चितवनमा प्रहरीले पत्रकारमाथि दुव्र्यवहार गरेका छन।

नारायणगढको सहिदचोकमा प्रहरीले गरिरहेको चेकजाँचको समाचार संकलन गरिरहेका खबर मुलुक डटकमका सम्पादक केपी शर्मालाई प्रहरीले दुर्व्यवहार गरेको हो।

पत्रकार शर्मालाई डिउटिमा खटिएका प्रहरीले तँ को हो र हाम्रो फोटो किन खिचेको भन्दै ट्राफिक प्रहरीका हवल्दार लेखनाथ पोखरेल ,वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी सहायक निरीक्षक केबि पुडासैनी र प्रहरी हवल्दार एम तामाङले गालिगलौज गर्दै लखेट्ने प्रयास गरेका थिए।

हवल्दार पोखरेलले धेरै पटक तँ को हो भन्दै अपशब्द प्रयोग गरेको शर्माले बताए । प्रहरीका सहायक निरीक्षक पुडासैनीले जथाभावी फोटो नखिच्न र खिचेको भिडियो र फोटो डिलिट गर्न समेत दवाब दिएका थिए।

प्रहरीले पत्रकार शर्मालाई करिब पन्ध्र मिनेट सम्म घेराहाली केरकार गर्ने प्रयास गरेका थिए।

अझ केहि समय उक्त स्थानमा रहेको भए प्रहरीले हातपात सम्म गर्ने अबस्था सिर्जना भएको र त्यो कुरा बुझी आफू माछापुच्छ्रे बैंकको नजिक एक्लै बसेको समेत शर्माले बताए।

यश बिषयमा कुरा गर्न चितवनका प्रहरी प्रबक्ता सुर्य थापासंग पत्रकार शर्माले आफै सम्पर्क गर्दा उनले आफू दुर्घटना केसमा भएको र यसबारेमा बुझ्ने भनेको शर्माले बताए ।

पछील्लो समय चितवनमा प्रहरीहरुले पत्रकारहरुलाई समाचारमा बाधा र दुर्व्यवहारका घट्नाहरु बड्दै गएको पाइएको छ ।

  • प्रकाशित मिति : असार ४, २०७८, शुक्रवार १५:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८