संक्रमण दर अझै १६.५३ प्रतिशत ।
असार -४ ,२०७८
चितवन । शुक्रबार चितवनमा ३९५ जनाको पिसिआर परिक्षण गर्दा ४९ र ११३ को एन्टिजेन परिक्षण गर्दा ३५ जना गरि थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ४२ जना संक्रमीत थपिए भने खैरहनिमा ८, माडिमा ३ ,रत्ननगरमा १० , राप्तीमा ८ ,कालिकामा १२ इच्छाकामनामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ८७ जनाको आइसियुमा , जसमा २८ जनाको भेन्टिलेटर र ३७ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२९१ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवन जिल्लाका ४ ,नवलपरासीका २ ,लमजुङका १,स्याङ्जाका १ र गुल्मीका १ जना रहेका छन।
आज भरतपुर अस्पतालमा ४ , चितवन मेडिकल कलेजमा ३ र पुरानो मेडिकल कलेजमा २ जनाको मृत्यु भएको हो।
यो सगै चितवनमा कुल मृतकको संख्या २६१ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २४ डिस्चार्ज भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८