असार ४,२०७८
कोपा अमेरिका कप फुटबलमा ब्राजिलले पेरुलाई ४–० ले पराजित गरेको छ ।
एलेक्स सान्ड्रोले १२ औ मिनेटमा गरेको गोलमा अग्रता लीएको ब्राजिलका लागि नेयमारले ६८ औं मिनेटमा गोल गरे । एभरटन रिभेरोले ८९ औ मिनेटमा गोल गरे टोलीको अन्तिम गोल इन्जुरी समयको तेस्रो मिनेटमा रिचर्लीसनले गरे ।
जित सहित ब्राजिल दुई खेलमा ६ अङ्क बटुलेर समूहको अग्रस्थानमा रहेको छ । सो समूहमा पेरुको यो पहिलो खेल हो । दुई खेल खेलेको कोलम्बिया ४ अङ्क सहित दोस्रो स्थानमा छ । कोलम्बियाले भेनेजुएलासँग बराबरी गरेका थियो भने इक्वेडरलाई हराएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८