• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

नेदरल्यान्ड १३ वर्ष पछि दोस्रो चरणमा

  • खबरदाता

नेदरल्यान्ड १३ वर्ष पछि दोस्रो चरणमा

असार ४,२०७८

वैकल्पिक खेलाडी केभिन डु ब्रायन छाए पछि शीर्ष बरीयताको बेल्जियमले युरो कप फुटबल प्रतियोगितामा डेनमार्क माथि सङ्घर्षपूर्ण जित हात पारेका छ ।

मुटुको उपचार गराइरहेका डेनमार्कका क्रिस्चीयन इरिक्सन प्रति आफूलाई समर्पित गर्दै मैदानमा उत्रिएको डेनमार्कका अगाडी बेल्जियम सुरुवातमै पछि परेको थियो । पार्केन रङ्गशालामा २५ हजार दर्शकका सामु खेलिएको खेलमा ब्रायनले एक गोल आफै थपे भने अर्को एक गोलको अवसर सृजना गरे ।

मे महिनामा भएको च्याम्पियन्स लिग फुटबलको फाइनलको दौरान नाकमा चोट बोकेका ब्रायन ७० औ मिनेटमा आफैले गोल गर्नु अगाडी ५४ औ मिनेटमा इडेन हजार्डलाई गोलको लागि अवसर सृजना गरेका थिए । १० मिनेट स्थगित गर्दै इरिक्नको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको खेलमा डेनमार्कले सुखद सुरुवात गरेको थियो।

बेल्जियम रक्षापक्तिको गल्तीको फाइदा उठाउँदै खेल सुरु भएको एक मिनेट ३९ सेकेन्डमा डेनमार्कले अग्रता लिएको थियो । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका डु ब्रायनले खेलको दिसा नै परिवर्तन गरी दिए । यस जित सहित बेल्जियम समूह बिमा दोस्रो चरणमा प्रवेश गरेको छ ।

समूह सिको खेलमा अस्ट्रियालाई २–० ले पराजित गर्दै नेदरल्यान्ड दोस्रो चरणमा प्रवेश गरेको छ । ११ औ मिनेटमा विपक्षी रक्षक डेभिड अलावाले डानीयल डुम फ्राइजलाई लडाए पछि प्राप्त पेनाल्टीमा मेम्फीस डिपेले गोल गरे । तीनै डुम फ्राइजले ६७ औ मिनेटमा गोल गरे । नेदरल्यान्ड सन् २००८ पछि पहिलो पटक प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो ।

  • प्रकाशित मिति : असार ३, २०७८, बिहीवार २३:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८