युक्रेनको पहिलो जित

  • असार ०३, २०७८

असार ३,२०७८

युरोकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा युक्रेनले उत्तरी मेसोडोनीयालाई २–१ ले पराजित गरेको छ ।

नेदरल्यान्डसंगको खेलमा उत्कृष्ट कम ब्याकको बाबजुद ३–२ ले पराजित युक्रेनले यस जित सहित समूहबाट अर्को चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।
विपक्षीको कमजोर रक्षापंतिको फाइदा उठाउँदै कप्तान आन्द्रे यार्मालेन्कालेले ३४ औं मिनेटमा गोल गर्नु पूर्व २८ औ मिनेटमा काराभेभले गोल गरेका थिए ।

५७ औं मिनेटमा एलीयोस्कीले उत्तरी मेसोडोनीयाका लागि गोल गरे । युक्रेनले अझ फराकिलो गोल अन्तरको अवसर नपाएको होइन । तथापि ८४ ओ मिनेटमा मालीनोभ्सकीको पेनाल्टी प्रहार विपक्षी गोल रक्षकले बचाएका थिए ।

  • प्रकाशित मिति:असार ०३, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८