चितवनमा ५४ संक्रमित थपिए , ८ को मृत्यु

  • खबरदाता
  • असार ०३, २०७८

संक्रमण दर १२.२४ प्रतिशत ।

असार ३,२०७८

चितवन । आज चितवनमा ३८५ जनाको पिसिआर परिक्षण गर्दा ३८ र ५६ को एन्टिजेन परिक्षण गर्दा १६ जना गरि थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ८ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३३ जना संक्रमीत थपिए भने खैरहनिमा ६, माडिमा ४ ,रत्ननगरमा ९ र राप्तीमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १०० जनाको आइसियुमा , जसमा ३१ जनाको भेन्टिलेटर र ४० जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १३०५ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवन जिल्लाका ५ ,नवलपुरका २ र मकवानपुरका १ जना रहेका छन।

आज भरतपुर अस्पतालमा ४ , चितवन मेडिकल कलेजमा २ र पुरानो मेडिकल कलेजमा २ जनाको मृत्यु भएको हो।

यो सगै चितवनमा कुल मृतकको संख्या २५७ पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप १९ डिस्चार्ज भएका छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८