इटाली दोस्रो चरणमा प्रवेश

  • खबरदाता
  • असार ०३, २०७८

असार ३,२०७८

इटाली युरोकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । रोबर्टो मान्सीनीको प्रशिक्षणमा रहेको इटालीले बुधवार रोममा भएको खेलमा स्वीजरल्यान्डलाई ३–० ले हरायो।

इटालीलाई जित दिलाउने क्रममा मानुयल लोकाटेलीले दुई गोल गरे । उत्कृष्ट पास खेल्दै लगातार विपक्षीलाई दबाब दिएको इटालीका लागि लोकाटेलीले २६ मिनेटमा डिबक्स भित्रबाट प्रहार गर्दै पहिलो गोल गरे।

५२ औ मिनेटमा उनले अर्को गोल थपे भने ८९ औ मिनेटमा लाजीयोका स्ट्राइकर सिरो इममोबाइलले अर्को गोल गरे ।

इटालीले लगातार १० खेलमा कुनै गोल खाएको छैन । उनीहरूको गोल नखाएको लगातार १००० मिनेट पुगेको छ। इटालीको अपराजित यात्रा पनि २९ खेलसम्म लम्बी सकेको छ । कप्तान जजीयो सेलीलीका चोट भने इटालीका लागि दुखद रहयो ।

समूहञ एझकै अर्को खेलमा वेल्सले टर्कीलाई २–० ले हरायो । अजरबैजानको बाकु रङ्गशालामा खेलिएको खेलको दोस्रो हाफमा वेल्सले दुवै गोल गरेको हो । ३० हजार दशकका सामु खेलिएको खेलमा वेल्सका लागि नरोए राम्सीले दुवै गोल गेराथ बेलको पासमा गरे ।

४२ औ मिनेटमा पहिलो गोल गरेका राम्सीले इन्जुरी समयको पाँचौँ मिनेटमा अर्को गोल गरे । वेल्सले अझ फराकिलो जितको अवसर पाउ पनि बेलले ६१ औ मिनेटमा प्राप्त पेनाल्टीलाई क्रस बार भन्दा माथि प्रहार गरेर खेर फालेका थिए ।

  • खबरदाता
  • प्रकाशित मिति:असार ०३, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८