रोनाल्डोको कीर्तिमान

  • खबरदाता
  • असार ०२, २०७८

असार २,२०७८

साबिक विजेता पोर्चुगल र विश्व विजेता फ्रान्सले युरो कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

समूह एफको मङ्गलवार राती भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हरायो । अर्को खेलमा फ्रान्सले जर्मनीमाथि ३–०को जित हात पार्न सफल भयो ।
पाँचौँ पटक युरो कप खेलिरहेका रोनाल्डोका लागि मङ्गलवार को खेल पनि विशेष रह्यो ।

उनले युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा राखे । पहिलो हाफमा विपक्षी गोल रक्षकले नजिकैको दुरीबाट प्रहार गरेको बल रोके पछि उनले यो सफलताका लागि दोस्रो हाफसम्म कुर्नु परेको थियो ।

फ्रान्सका महान् खेलाडी मिचेल प्लाटीनीको कीर्तिमानलाई पछि छाड्दै अघि बढेको रोनाल्डोका लागि दोस्रो हाफ भने सुखद बन्न पुग्यो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको सो खेलको ८४ ओ मिनेटसम्म हंगेरीले पोर्चुगललाई रोकेको थियो । ८४ ओ मिनेटमा गुरेराले गोल गरे भने रोनाल्डोले ८७ औ मिनेटमा पेनाल्टीमा गोल गरे ।

पुकास एरेना रङ्गशालामा ६७ हजार दर्शकका सामु खेलिएको खेलको इन्जुरी समयमा रोनाल्डोले थप गोल गरे पछि युरो कपमा उनको गोलसंख्या ११ पुगेको हो । अर्को खेलमा विश्व विजेता फ्रान्सले जर्मनी लाई १–० ले हराएको हो । सो खेलको २० ओ मिनेटमा जर्मनीका ज्युमेल्सले आत्मघाती गोल गरे ।

  • खबरदाता
  • प्रकाशित मिति:असार ०२, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८