संक्रमण दर १६ प्रतिशत ।
असार – १,२०७८
चितवन । मंगलबार चितवनमा ४१८ जनाको पिसिआर परिक्षण गर्दा ५३ र ८४ को एन्टिजेन परिक्षा गर्दा २७ जना गरि थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ८ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ५३ जना संक्रमीत थपिए भने खैरहनिमा ४, माडिमा ३ ,रत्ननगरमा ८, कालिकामा १० र इच्छाकामनाका २ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा १११ जनाको आइसियुमा , जसमा ३९ जनाको भेन्टिलेटर र ४३ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १५४८ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवन जिल्लाका ६ जना ,नवलपुर १ र धनुषाका १ जना रहेका छन।
आज भरतपुर अस्पतालमा ४ , चितवन मेडिकल कलेजमा ३ र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको हो।
यो सगै चितवनमा कुल मृतकको संख्या २५० पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २६ डिस्चार्ज भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८