• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

स्लोभाकियाको अपत्यारिलो अग्रता

  • खबरदाता

स्लोभाकियाको अपत्यारिलो अग्रता

स्पेन र स्विडेन गोलरहित भए।

असार १,२०७८

युरोप फुटबलको समूह ‘ई’ मा कम आँकिएको स्लोभाकीयाले अग्रता लिएको छ । सोमबार राती भएको खेलमा स्लोभाकीयाले १० खेलाडीमा सीमित पोल्यान्डलाई २–१ ले हराउन सफल भयो भने अर्को खेलमा स्पेन र स्विडेन बिच गोलरहित भयो ।

राबेर्टो म्याकका प्रहार पोल्यान्डका गोलरक्षक विजोरेक स्जेस्नीले उल्टो आफ्नै पोस्टमा छिराए १८ औं मिनेटमा पोल्यान्डले अग्रता लिएको थियो । युरोप इतिहासमै आत्मघाती गोल गर्ने उनी पहिलो गोलरक्षक हुन । ४६ औं मिनेटमा पोल्यान्डमा क्यारोल लीनर्टीले एकल प्रयासमा गोल गरे ।

६२ औ मिनेटमा मिडफील्डर ग्रजेग्रोज क्रीचीओयीयाकले रातो कार्ड पाए पछि पोल्यान्ड १० खेलाडीमा सीमित भएको थियो । यसको सात मिनेट पछि नै स्क्रीनलारले स्लोभाकीयाका लागि गोल गरे ।

यसै समूहको अर्को खेलमा स्विडेन र स्पेन कैयौँ पटकको गोलको नजिक पुगे पनि उनीहरूको प्रयास सफल हुन सकेन ।

  • प्रकाशित मिति : असार १, २०७८, मंगलवार ००:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८