चेकसँग घरेलु टिम स्कटल्यान्डको हार

  • खबरदाता
  • जेठ ३१, २०७८

जेष्ठ ३१,२०७८

चेक गणतन्त्रले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा चेकले स्कटल्यान्डलाई २–० ले पराजित गरेको हो। चेकका लागि प्याट्रिक स्चिकले दुई अपत्यारिलो गोल गरेका थिए ।

९ हजार दर्शकका सामु खेलिएको खेलमा स्कटल्यान्डले लगातार दबाब दिए पनि गोल गर्न भने असमर्थ रह्यो । स्कटल्यान्डले अर्को खेलमा वेम्बलीमा इंग्ल्यान्डसंग खेल्ने छ भने चेकले अर्को खेल क्रोएसियासँग खेल्ने छ ।

जोन म्याकगीन र एन्डी रोबर्टसनले चेक टोलीलाई लगातार दबाब दिए पनि गोलरक्षक भासलीकले चेकका हरेक सङ्कटलाई टारेका थिए । स्चिकले ४२ औ मिनेटमा चिप गर्दै गोल गरे पछि चेकले पहिलो अग्रता लिएको थियो । ५२ ओ मिनेटमा विपक्षी गोल रक्षक डेभिड मार्सल सही स्थानमा नभएको मौकामा स्चिकले लामो दुरीबाट गोल गरेका थिए । स्कटल्यान्ड यो २३ वर्ष पछि ठुलो प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धा गरिरहेको छ । यस अघि सन् १९९८ को विश्वकपमा स्कटल्यान्ड सहभागी थियो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८