ब्राजिलको विजयी सुरुवात

  • खबरदाता
  • जेठ ३१, २०७८

जेष्ठ ३१,२०७८

आयोजक देश ब्राजिलले उत्कृष्ट सुरुवात गर्दै कोपा अमेरिका कप फुटबलमा उपाधि रक्षाको सम्भावना देखाएको छ ।

भेनेजुएला विरुद्धको कोपा अमेरिका फुटबलको उद्घाटन खेलमा ब्राजिल ३–० को जित हात पार्न सफल भयो । खेलको २३ औ मिनेटमा मार्कीन्होसको गोलमा ब्राजिल अघि बढेको थियो । सिएसजीका रक्षक उनले कर्नरमा गोल गरेका थिए । ६४ औ मिनेटमा नेइमारले पेनाल्टी मार्फत गोल गरे भने बारबोसा अल्मेइडाले ८९ औ मिनेटमा गोल गरे ।

नौ पटकको उपाधि धारी ब्राजिलले सन् २०१२ पछि एकै पटक २०१९ मा उपाधि जितेको हो । खेलको एक दिन अघि भेनेजुएला केही खेलाडी र प्रशिक्षण टोलीका केही सदस्यमा कोरोना पोजेटिभ देखिए पछि सो टोली पहिलो रोजाइका खेलाडी सहित मैदानमा उत्रन असफल रहेको थियो । ब्राजिल सम्मिलित समूह एमा कोलम्बिया, इक्वेडर र पेरु रहेका छन् ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८