संक्रमण दर ८ प्रतिशत ।
जेष्ठ ३०,२०७८
चितवन । चितवनमा २७९ जनाको पिसिआर परिक्षण गर्दा १९ र ६ को एन्टिजेन परिक्षा गर्दा ५ जना गरि थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ६ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १७ जना संक्रमीत थपिए भने खैरहनिमा २,माडिमा १ ,रत्ननगरमा र इच्छाकामनामा २ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ११५ जनाको आइसियुमा , जसमा ३३ जनाको भेन्टिलेटर र ४० जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १५९३ जना रहेका छन।
चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवनका २ जना र नवलपरासीका २, मकवानपुर १ र दाङका १ जना रहेका छन।
आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा १ ,चितवन मेडिकल कलेज ३ र पुरानो मेडिकल कलेजमा २ जना रहेका छन।
यो सगै चितवनमा कुल मृतकको संख्या २४४ जना पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप ३४ डिस्चार्ज भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८