• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

काङ्ग्रेसले सांसद वैद्यलाई भन्यो: आत्मालोचना गर्नु

  • खबरदाता

काङ्ग्रेसले सांसद वैद्यलाई भन्यो: आत्मालोचना गर्नु

जेष्ठ २९,२०७८

शुक्रबार बागमती प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न नेपाली काङ्ग्रेसले निर्देशन दिएको छ ।

सनिवार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको हो ।

विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेस प्रष्ट छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन ।

  • प्रकाशित मिति : जेठ २९, २०७८, शनिवार ०५:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८