• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

वैद्यको अभिव्यक्ति आपराधिक मानसिकता :एमाले

  • खबरदाता

वैद्यको अभिव्यक्ति आपराधिक मानसिकता :एमाले

जेष्ठ २९,२०७८

बागमती प्रदेश सभाको बैठकमा एक जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्ति प्रती नेकपा एमाले गम्भीर ध्यानाकर्षण भएकोजनाएको छ ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या सम्म गर्न दिएको धम्कीलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको नेकपा एमालेले बताएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले हस्ताक्षर गरि प्रकाशीत विज्ञप्तिमा भनिएको छ – बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा ९एमाले० ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।

 

  • प्रकाशित मिति : जेठ २९, २०७८, शनिवार ०५:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८