• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !


प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

जेष्ठ २९,२०७८

नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् ।

काग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ । प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग भएको छ । वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका हुन् ।

१९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए । उनले राजेन्द्र महतोसहितका नेतालाई मन्त्रिपरिषद् समेटेकोमा आपत्ति जनाउँदै मुनुचिया भन्ने देशको उदाहारण प्रस्तुत गरेर आफू गोड्से बन्न तयार रहेको बताएका थिए । उनले ओलीलाई अहिले सत्ता चलाइरहेको अवस्थामा छोड्न नहुने र कोही नाथुराम गोड्से बन्न तयार नभए आफू बन्न तयार रहेको बताए । यो समाचार राधानी दैनिकमा छ ।

  • प्रकाशित मिति : जेठ २९, २०७८, शनिवार ००:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८