आज २४ प्रतिशतमा संक्रमण।
जेष्ठ २८ ,२०७८
चितवन । आज एकै दिनमा ५२२५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख २० हजार ११६ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ३७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ७ हजार ८०० पुगेको छ ।
देश भर ९५९८ को पिसिआर परिक्षण गर्दा २७०९ र ५५८४ जनाको एन्टिजेन परिक्षण गर्दा १०४१ जना गरि कुल ३७५० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ११३ र उपत्यकामा ११४० जना रहेका छन् ।
आज चितवनका २ सहित थप ६८ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८३०५ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८