• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा ८२ संक्रमीत थपिए , ८ को मृत्यु

  • खबरदाता

चितवनमा ८२ संक्रमीत थपिए , ८ को मृत्यु

संक्रमण दर १४ प्रतिशत ।

जेष्ठ २७,२०७८

चितवन । चितवनमा ४९७ जनाको पिसिआर परिक्षण गर्दा ५८ र ८४ को एन्टिजेन परिक्षा गर्दा २४ जना गरि थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ८ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ६० जना संक्रमीत थपिए भने माडि नगरपालिकामा १ ,रत्ननगरमा १० ,राप्तीमा १ , कालिकामा ६ र इच्छाकामनामा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ११६ जनाको आइसियुमा , जसमा ३२ जनाको भेन्टिलेटर र ४३ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १६६९ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवनका ६ जना, बारा १ र गोरखाका १ रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा ३ र चितवन मेडिकल कलेज ५ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २३९ जना पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप ३० डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : जेठ २७, २०७८, बिहीवार ११:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८