बिपन्न परिवारलाई ‘नमस्ते ग्रुप’ को राहत

  • खबरदाता
  • जेठ २७, २०७८

जेष्ठ २७,२०७८

चितवन । नमस्ते ग्रुप नामक सस्थाले १०५ बिपन्न परिवारलाई खाध्य सामाग्री बितरण गरेको छ ।

चितवनका युवा व्यवसायी तथा पेशाकर्मीकोहरु सम्मीलित नमस्ते ग्रुपले भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीमा बसोबास गर्ने १०५ परिवारलाई बिहिवार राहत सामाग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग , बृद्धबृद्धालाई लक्षित गरी चामल,तेल, नुल , दाल लगायतका सामाग्री वितरण गरेको थियो ।

शहर भित्र रहेर पनि दैनिक ज्यालादारी गरि जिबिकोपार्जन गर्दै आएका यहाँका बासिन्दा बन्दाबन्दीका बेला समस्यामा परेको थाहा पाएपछी आफुहरुले सहयोग गरेको ग्रुपका संयोजक दिपेश श्रेष्ठले बताए ।
सो बस्तीमा करिब ३ सयभन्दा बढी सुकुम्बासी घरधुरी हेको र बाकीलाई पनि राहात बितरण गरिने ग्रुपले जनाएको छ ।

राहत बितरण कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, चितवनका उपाध्यक्ष गोपाल भट्टराईले व्यवसायी आफैमा मर्कामा परेको बेला नमस्ते ग्रुपका सबै साथीबाट स्वेच्छाले रकम संकलन गरी राहत सामाग्री वितरण गरिएको जानकारी दिए । आगामी दिनमा नमस्ते ग्रुपले व्यवसाय संगै सामाजिक सेवाका कार्यलाई पनि निरन्तरता दिदै जाने उनको भनाई बताए ।

चेम्बरका सदस्य रुवीन रामुदामुले यस्ता काममा राज्यलाई सघाउनुपर्ने हरेक नागरिकको दायित्व रहेको भन्दै त्यस्ता वस्तीमा चुल्हो बाल्न सहज होस भन्ने हेतुले राहत सामाग्री वितरण गरिएको बताए ।

वितरण कार्यक्रममा पोल्ट्री व्यवसायी मनोज रानाभाट, ज्ञानेन्द्र श्रेष्ठ, चेम्बर सदस्य रुवीन रामुदामु लगायत ग्रुपका अन्य सदस्यहरु चिकित्सक, इञ्जिनियर, कानुनी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८