• कात्तिक ७, २०८३, शनिवार Saturday, 24 October, 2026

चितवनमा कोरोनाका बिरामी १७३० जना मात्र

  • खबरदाता

चितवनमा कोरोनाका बिरामी १७३० जना मात्र

जम्मा ६१७ नमूना परिक्षण भएका मध्ये ८० जना अर्थात १३ प्रतिशत संक्रमीत भए।

जेष्ठ २६,२०७८

चितवन । चितवनमा ५६५ जनाको पिसिआर परिक्षण गर्दा ६३ र ५२ को एन्टिजेन परिक्षा गर्दा १७ जना गरि थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३२ जना संक्रमीत थपिए भने खैरहनि नगरपालिकामा १० ,माडि नगरपालिकामा ६ ,रत्ननगरमा १६ ,राप्तीमा १४ र कालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा ११७ जनाको आइसियुमा , जसमा ३५ जनाको भेन्टिलेटर र ५० जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १७३० जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवनका २ जना नवलपरासी १ , सल्यान १ र गोरखाका १ रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा २, चितवन मेडिकल कलेज १ र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २३२जना पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २७ डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : जेठ २६, २०७८, बुधवार १०:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८