• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा असार ३ गतेसम्म निषेधाज्ञा थपियो

  • खबरदाता

चितवनमा असार ३ गतेसम्म निषेधाज्ञा थपियो

जेष्ठ २६,२०७८

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार ३ गते सम्म निषेधाज्ञालाई थप गरेको छ ।

जिल्लामा कोरोनाको संक्रमण दर केहि घटेपनि नियन्त्रणमामा नआइसकेको र जोखिम कायमै रहेको भन्दै प्रशासनले असार ३ गते राती १२ बजे सम्मको लागि जिल्ला भर लागुहुने गरि निषेधाज्ञा थप गरेको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा जनाए अनुसार अत्यावश्यक बाहेक कोहि पनि घरबाट बाहिर निसकन पाइने छैन ।सबै प्रकारका सभा , सम्मेलन , गोष्ठी ,सेमिनार, जात्रा, संचालन गर्न रोक लगाइएको छ । साथै पहिलेकै जस्तै होटेल ,जिमखाना सैलुन , पार्लर , बिद्यालय , कलेज संचालनमा समेत रोक लगाइएको हो।
अत्यावश्यक पर्ने कार्यालयहरुमा आलोपालो अनुसार संचालन हुने छन ।

बजार र गाउँका गल्ली सडकमा साइकल र ठेलागाडाम गरिने ब्यापार समेत बन्द गर्न रोक गरिएको छ । बैंक तथा बित्तीय संस्थाहरु सातै दिन संचालन गर्न पाइने भको छ ।यस्तै पुस्तक पसल र वोर्कसप पनि सुरक्षा मापदण्ड पूरा गरि संचालन गर्न पाइने छ ।

अक्सिजन , औसधि ,तथा स्वास्थ्य सामाग्रीका पसलहरु यसअघि झै संचालन गर्न पाइने छ ।

यस्तै तरकारी ,किराना , फलफूल ,डेरि, माछामासु , अन्डा , चल्ला , दाना,एग्रोभेट , बिउबिजन ,रासायनिक मल , ग्यास पसलहरु दैनिक बिहान ६ देखि १० बजे सम्म खोल्न पाइने छ । डेरिको हकमा भने बेलुको ५ देखि ७ बजे सम्म संचालन गर्न पाइने भएको छ ।

चितवनमा मंगलबार सम्म सकृय संक्रमीत १७१७ रहेका छन मृत्यु हुने २३१ पुगेका छन। यस्तै जिल्लाका विभिन्न अस्पतालमा १३४जनाको आइसियुमा उपचार भइरहेको छ ।

  • प्रकाशित मिति : जेठ २६, २०७८, बुधवार ०८:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८