• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

निकोहुने ५ लाख पुगे, मृतक संख्या ८ हजार धेरै

  • खबरदाता

निकोहुने ५ लाख पुगे, मृतक संख्या ८ हजार धेरै

आज २९ प्रतिशतमा संक्रमण

जेष्ठ २५ ,२०७८

चितवन । आज एकै दिनमा ६५७० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४ हजार ५ सय ३० रहेको छ । यो ८४.७ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ५१५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ९९ हजार ७ सय ६ पुगेको छ ।

देश भर १२०६५ को पिसिआर परिक्षण गर्दा ३८७० र ५६११ जनाको एन्टिजेन परिक्षण गर्दा १२८३ जना गरि कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ८६ र उपत्यकामा १२२६ जना रहेका छन् ।

आज चितवनका १ सहित थप १०८ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८०९८ पुगेको छ ।

  • प्रकाशित मिति : जेठ २५, २०७८, मंगलवार ११:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८