• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

प्रचण्डको बचाउमा नेपाल पक्ष


प्रचण्डको बचाउमा नेपाल पक्ष

जेष्ठ २५,२०७८

एमालेको माधवकुमार नेपाल पक्षले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको बचाउ गरेको छ ।

माधव पक्षले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी ओलीमाथि सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्रसँग एकीकरणका प्रयास गरेका भन्ने विषयमा प्रश्न तेस्र्याइएको छ ।

अध्यक्ष ओलीबाट पार्टी विधानविपरीत गुटबन्दी भएपछि पार्टीमा समस्या आएको नेपाल पक्षले बताएको छ । आफूहरु सुरुदेखि नै एकताका पक्षमा रहेको तर ओलीले नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, नीति र कार्यदिशा छाड्नुका साथै पार्टी विधानको उल्लंघन गरेकाले समस्या भएको माधव पक्षको आरोप छ ।

नेकपा माओवादी केन्द्रका दाहालले आफ्नो कारणले एकताको प्रयास सफल नभएको भन्ने प्रधानमन्त्री ओलीको भनाई सरासर झुठो, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

  • प्रकाशित मिति : जेठ २५, २०७८, मंगलवार ०२:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८