जेष्ठ २५,२०७८
भारतमा दुई महिना भन्दा बढी समयको अन्तरालमा दैनिक कोरोना सङ्क्रमितको दर एक लाख भन्दा कम देखिएको छ।
भारतमा सङ्क्रमित हुने क्रममा सातामा ३३ प्रतिशत गिरावट आएको छ । गएको एक सातामा संसार भरीनै कोरोना महामारीको दर घटेको भए पनि साताको तथ्याङ्कमा कोलम्बियामा वृद्धि भएको छ । त्यहाँ सातामा २५ प्रतिसतले वृद्धि भएको छ ।
बेलायतमा तेस्रो लहर सुरु भएपछि सातामै सङ्क्रमणको दर ४९ प्रतिसतले बढेको छ । यसै गरी,दक्षिण अफ्रिकामा २३ प्रतिसतले घटेको छ ।
सबैभन्दा धेरै प्रतिशत घट्ने क्रममा भारतसँगै अमेरिकामा पनि ३३ प्रतिशत कमी आएको छ । पछिल्लो साता नेपालमा २९ प्रतिसतले कमी आएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८