जोर्डनसँग नेपालको हार

  • खबरदाता
  • जेठ २५, २०७८

जेष्ठ २५,२०७८

फिफा विश्वकप–२०२२ को छनौट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

कुवेतमा सोमबार राति सकिएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको हो ।
जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गर्दा याजन अल अरबले एक गोल गरे । नेपाल पहिलो हाफमा एक गोलले पछि परेको थियो ।

जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अङ्क जोडेको छ । जोर्डन अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नेपाल ७ खेलमा ६ अङ्कका साथ चौथो स्थानमा रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग शुक्रवार खेल्नेछ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८