• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज ६९५१ निको भए, ९२ जनाको मृत्यु

  • खबरदाता

आज ६९५१ निको भए, ९२ जनाको मृत्यु

आज २४ प्रतिशतमा संक्रमण

जेष्ठ २४ ,२०७८

चितवन । आज एकै दिनमा ६९५१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ९७ हजार ९ सय ६० रहेको छ । यो ८४.२ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ४४७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ९४ हजार ५ सय ५३ पुगेको छ ।

देश भर १२००२ को पिसिआर परिक्षण गर्दा ३३७० र ५९०१ जनाको एन्टिजेन परिक्षण गर्दा ११०२ जना गरि कुल ४४७२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १३४ र उपत्यकामा १११५ जना रहेका छन् ।

आज चितवनका ३ सहित थप ९२ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७९९० पुगेको छ ।

  • प्रकाशित मिति : जेठ २४, २०७८, सोमवार ११:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८